Jun 07 2026

Jun 07 2026 | आइतवार, जेठ २४ गते २०८३

संसद बैठकमा अर्थमन्त्री विष्णु पौडेलले बजेट पेश गर्ने

संसदको विहिबार बस्ने बैठकमा बजेट पेश हुने भएको छ ।

संघीय संसद सचिवालयले सार्बजनिक गरेको विहिबार अपराहन्न ३ बजे बस्ने संयुक्त बैठकको सम्भावित कार्यसूचीमा अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक बर्षको बजेट पेश गर्ने कार्यसूची रहेको छ ।

संसद सचिवालयले दुवै सदनका सांसदहरुलाई बैठक शुरु हुनु १५ मिनेट अघि उपस्थित हुन आग्रह गरेको छ । 

त्यसअघि विहिबार अपराहन्न साढे १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री पौडेलले आर्थिक सर्वेक्षण पेश गर्ने कार्यसूची रहेको छ ।