Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

जन्मकैद सजाय पाएका कांग्रेस नेता मोहम्मद अफताब आलमलाई उच्च अदालतबाट सफाइ

नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहम्मद अफताब आलमले सफाइ पाएका छन्।

सामूहिक हत्या गरेको आरोपमा जन्मकैद सजाय पाएका आलमलाई उच्च अदालत जनकपुरको वीरगन्ज इजलासले सफाइ दिएको हो।

इँटाभट्टामा हालेर मान्छेलाई जिउँदै जलाएको आरोपमा पुर्पक्षको लागि कारागारमा रहेका रौतहटका मोहमद अफताब आलमलाई उच्च अदालत वीरगञ्जले सफाइ दिएको छ।

उच्च अदालत वीरगञ्जका न्यायाधीशद्वय डा. खुसीप्रसाद थारू र अर्जुन महर्जनको इजलासले उनलाई बुधबार सफाइ दिएको हो। न्यायाधीशद्वयले जिल्ला अदालतको आदेश उल्टाउँदै उनलाई सफाइ दिएका हुन्। 

आलमलाई यसअघि रौतहट जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको थियो। उनी सहित मुद्दामा थप तीन जनालाई पनि जन्मकैदको सजाय भएको थियो। जिल्ला न्यायाधीश मातृका प्रसाद आचार्यको इजलासले महताव आलम, शेष सेराज र बद्री सहनीलाई जन्मकैदको सजाय आचार्यको इजलासले सुनाएको थियो।

विस्फोटमा परी घाइते भएकाहरूलाई जिउँदै इटाभट्टीमा जलाइएको आरोप लगाउँदै त्रिलोकका बुवा श्रीनारायण सिंह राजपुतले ०७६ साल कार्तिक १८ गत आलमसहित विरुद्ध किटानी जाहेर दिएका थिए। संविधानसभा चुनावलाई प्रभावित पार्न आलम आफैँले विष्फोट गराउने उद्देयश्यका साथ बम बनाउँदा विष्फोट भएको थियो। त्यसबेला विष्फोटमा माओवादीको संलग्नता रहेको दाबी गरिए पनि आलमकै ढाकछोपमा घटना लुकाइएको थियो।

कांग्रेस सभापति शेरबहादुर देउवाले आफूले आलमलाई छुटाउने बताएका थिए।