शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

भिजिट भिसा प्रकरणमा म निर्दोष छु: गृहमन्त्री रमेश लेखक

भिजिट भिसा प्रकरणमा म निर्दोष छु: गृहमन्त्री रमेश लेखक

तीर्थराज भट्टराईलाई मैले सरुवा गरेर गृहमा ल्याएको होइन

जेठ १४, २०८२ बुधवार
जेठ १४, २०८२ बुधवार
  • भिजिट भिसा प्रकरणमा म निर्दोष छु:  गृहमन्त्री रमेश लेखक

    गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफू निर्दोष रहेको र आफूमाथि लागेको आरोप असत्य र बेठिक रहेको जिकिर गरेका छन् । भिजिट भिसा प्रकरणमा आफ्नो राजीनामा माग गर्दै विपक्षी दलहरुले संसद अवरुद्ध गरेर बोल्न नदिएपछि गृहमन्त्री लेखकले पत्रकार सम्मेलन गर्दै सो कुरा बताएका हुन्। 

    ‘जेठ ८ गते सहसचिवलाई भिजिट भिसाका सन्दर्भमा सोधपुछका लागि बोलाएको र मोबाइललगायत ल्यापटप पनि नियन्त्रणमा लिएको भन्ने कुरा मैले सञ्चार माध्यमबाट जानकारी पाएको हुँ’, उनले भने, ‘यो विषयमा मेरो संलग्नता देखाएर जसरी विषय आएका छन्, मेरो संलग्नता छैन, म माथिको आक्रमण राजनीतिक रूपले गरिएको छ ।’

    उनले आफूले विषय राख्नका लागि समय माग गरेको नपाएको कारणले आफूले पत्रकार सम्मेलन गरेर धारणा सार्वजनिक गर्न लागेको बताए । साथै, उनले आफ्नो जीवन पारदर्शी भएको समेत बताए । ‘मेरो राजनीतिक र व्यक्तिगत जीवन सार्वजनिक जीवन नै हो, म जनताका माझमा छु’, उनले भने ।

    मन्त्री लेखकले भिजिट भिसा प्रकरणमा जोडिएका सहसचिव भट्टराईलाई अख्तियारले सोधपुछ गरेको कुरा सञ्चारमाध्यमबाट थाहा पाएको बताए । उनले अख्तियारले गर्ने छानबिनलाई सहयोग गर्ने समेत बताए । ‘अख्तियार दुरुपयोगबाट हुने कुनै पनि छानबिनलाई म खुल्ला रूपले सहयोग गर्छु’, उनले भने ।

    विपक्षी दलले राजीनामा माग्दै संसद् अवरूद्ध पारे पछि बुधबार गृहमन्त्री लेखकले संसदबाटै जवाफ दिन खोजेका थिए । तर संसदमा बोल्न असम्भव भएपछि उनले पत्रकार सम्मेलन आयोजना गरेका हुन् । 

    तीर्थराज भट्टराईलाई मैले सरुवा गरेर गृहमा ल्याएको होइन

    गृहमन्त्री रमेश लेखकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख सहसचिव तीर्थराज भट्टराई ०७७ सालदेखि गृह मन्त्रालय मातहत रहेको काम गरेको जानकारी गराएका छन् ।लेखकले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग र कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागको महानिर्देशक भएर काम गरिसकेको मान्छे अध्यागमन विभागको प्रमुख भएर काम गर्न गएको बताए ।

    साथै, उनले आफूले पछिल्लोपटक गृह मन्त्रालयमा सरुवा गरेर नल्याएको पनि बताए । ‘मैले गृहमन्त्रालयमा अन्तबाट सरुवा गरेर ल्याएको होइन । मैले दिएको जिम्मेवारीभन्दा अरुले धेरै जिम्मेवारी दिएका व्यक्ति हुन्,’ उनले भने । 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार