Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

दुई घण्टापछि सुरु भएको प्रतिनिधिसभा बैठकमा विपक्षीले अवरोध गरेपछि आधा घण्टाका लागि स्थगित

गृहमन्त्री रमेश लेखकको राजीनामा माग

प्रतिनिधिसभा बैठकमा विपक्षीले अवरोध गरे पछि आधा घण्टाका लागि स्थगित गरिएको छ । निर्धारित समयभन्दा दुई घण्टापछि सुरु भएको बैठक विपक्षीले अवरोध गरेका हुन् । 

बैठक सुरु हुनासाथ विपक्षी दलका सांसद उठेका हुन् । सभामुखले आसन ग्रहणका लागि आग्रह गरेका छन् । उनले दलीय आधारमा बोल्न दिने भन्दै अघि बढ्नका लागि बस्न आग्रह गरेका हुन् । सांसदहरूले बैठकमा होहल्ला गरेका छन् । 

संसद्का विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा पुनः उठाएका छन् । प्रतिनिधिसभाको बुधरबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा मागेका हुन् । 

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा नआएसम्म बैठक चल्न नदिने चेतावनी उनीहरूको छ ।