Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

गृहमन्त्री रमेश लेखकलाई लिएर ओली भेट्न बालुवाटार पुगे शेरबहादुर देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । देउवा गृहमन्त्री रमेश लेखकलाई लिएर बालुवाटार गएका हुन् । 

भिजिट भिसा प्रकरणमा विपक्षी दलहरूले गृहमन्त्री लेखकको राजीनामा माग गर्दै आएका छन् । मंगलबार उनीहरूले प्रतिनिधिसभा बैठकमा अवरोध गरेका थिए । 

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गर्दै विपक्षी दलहरूले मङ्गलबारको संसद बैठक अवरुद्ध गरेपछि छलफलका लागि देउवा लेखकलाई लिएर प्रधानमन्त्री निवास पुगेका हुन् । सरकारले भोलि संसदमा आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्ने तयारी गरिरहँदा विपक्षीको अवरोध हटाउन सरकारमाथि चर्को दबाब छ ।

प्रतिनिधिसभा बैठक बुधबार बिहान ११ बजेका लागि बोलाइएको छ । मङ्गलबारको संसद बैठक अवरोधपछि समस्या समाधानका लागि सभामुख देवराज घिमिरेले दलका प्रतिनिधिहरूसँग छलफल गरेपनि विपक्षीहरूले गृहमन्त्रीले राजीनामा दिनुपर्ने अडान यथावत राखेपछि आजको बैठक पनि सुचारु हुने सम्भावना कम रहेको छ ।