Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

युवा संघमा क्षितिज थेबेको प्यानलै निर्वाचित

सत्तारुढ नेकपा एमालेको भ्रातृ संगठन युवा संघको अध्यक्षमा क्षितिज थेबे निर्वाचित भएका छन्। निवर्तमान अध्यक्ष समेत रहेका क्षितिज थेबेको प्यानलै विजयी भएको हो ।

यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन प्रक्रियामा जान नदिई थेबेलाई अध्यक्ष बनाएका थिए । यस पटक भने उनी निर्वाचन प्रक्रियाबाट निर्वाचित भए । पोखरामा जारी अधिवेशनमा थेबेले प्रतिस्पर्धी सुमन पुरीलाई पराजित गरे ।

निर्वाचनमा १४०४ मत खसेको थियो । थेबेले १८८ मतले सुमन पुरीलाई पछाडि पारे । यद्यपि, निर्वाचन समितिले औपचारिक घोषणा गर्न भने बाँकी छ ।

निर्वाचित हुने थेबेलाई एमाले उपाध्यक्ष एवम् अर्थमन्त्री विष्णु पौडेलको साथ थियो भने पुरीलाई महासचिव शंकर पोखरेलको साथ थियो ।