शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

गणतन्त्र र संविधान रक्षाका लागि सबै गणतन्त्रवादी शक्ति एकजुट हुनुपर्छः प्रचण्ड

गणतन्त्र र संविधान रक्षाका लागि सबै गणतन्त्रवादी शक्ति एकजुट हुनुपर्छः प्रचण्ड

जेठ १३, २०८२ मंगलवार
जेठ १३, २०८२ मंगलवार
  • गणतन्त्र र संविधान रक्षाका लागि सबै गणतन्त्रवादी शक्ति एकजुट हुनुपर्छः प्रचण्ड

    नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय गौरवकोे बूढीगण्डकी जलविद्युत् आयोजना निर्माण गर्न राजनीतिक समझदारी आवश्यक रहेको बताएका छन्।

    गोरखाको सहिद लखन गाउँपालिका भवनको आज उद्घाटन गर्दै उनले आयोजना निर्माणमा राजनीतिक सहमति अपरिहार्य भएको बताए । जुनसुकै हालतमा आयोजना निर्माण हुने बताउँदै उनले जलविद्युत् आयोजनाको ‘मोडालिटी’ र स्रोत व्यवस्थापनका कारण निर्माणमा विलम्ब भएको उल्लेख गरे। ‘बूढीगण्डकी आयोजना जसरी पनि बनाउनु पर्छ’, आफू प्रधानमन्त्री रहेका बेला बूढीगण्डकी आयोजना निर्माणका लागि गरेको कसरतबारे सुनाउँदै उनले भने

    ‘बूढीगण्डकी आयोजना निर्माणमा ढिलाइ हुँदा जनतालाई धेरै पीडा भइरहेको छ’, उनले भने, ‘यो आयोजना निर्माणका लागि निरन्तर पहल र प्रयत्न गरिरहेका छौँ ।’ संघीय शासन व्यवस्था अभ्यासमा आएपछि पालिकाहरुका भवन सुविधा सम्पन्न बनेकाले जनताले पाउने सेवा प्रवाह पनि परिणाममुखी हुनुपर्नेमा उनले जोड दिए। ‘सिंहदरबार गाउँगाउँमा भनेर हामीले जे परिकल्पना गरेर संविधान बनाइयो, जनताले सुविधा सम्पन्न भवनबाट सहज ढङ्गले सेवा प्रवाह प्राप्त गर्न सके मात्र त्यसको औचित्य पुष्टी हुनसक्छ’, अध्यक्ष प्रचण्डले भने ।

    उनले पछिल्लोसमय संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रश्न उठाउने कोशिस भइरहेको भन्दै गणतन्त्र पक्षधर सवै एकताबद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याए। आर्थिक विकास, सामाजिक न्याय र सुशासनलाई केन्द्रमा राखेर राज्यले काम गर्नुपर्ने अध्यक्ष दाहालको सुझाव छ। यसैबीच, चितवनमा आज अपराह्न आयोजित एक कार्यक्रममा उनले गणतन्त्र र संविधानको रक्षाका लागि सबै गणतन्त्रवादी शक्ति एकजुट हुनुपर्नेमा जोड दिए । माओवादी अध्यक्ष दाहालले युवाको विदेश पलायन रोक्न राज्यस्तरबाटै प्रयत्न हुनुपर्नेमा जोड दिए।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट