Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

संसद बैठक स्थगित

भिजिट भिसाका नाममा मानव तस्करी हुने घटनामा गृह प्रशासन मुछिएपछि संसद बैठकमा हंगामा भएको छ। त्रिभुवन विमानस्थल हुँदै ‘भिजिट भिसा’ का नाममा मानव तस्करी हुने घटनामा गृह प्रशासन मुछिएपछि प्रतिपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै संसदमा अवरोध जनाएका छन्।

उनीहरूले गृहमन्त्रीको राजीनामा नआएसम्म संसदको काम कारवाहीलाई अघि बढाउन नदिने अडान राखेपछि सभामुखले बैठक आधा घण्टाका लागि स्थगित गरेका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठक सुरू हुने वित्तिकै प्रतिपक्षी दलका सांसदहरूले गृहमन्त्री लेखकमाथि चौतर्फी प्रश्न उठिसकेकाले नैतिकताका आधारमा तुरून्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने माग गरेका छन् ।

प्रमुख प्रतिपक्षी दल माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै संसद् अवरुद्ध गरेपछि सभामुख देवराज घिमिरेले ३० मिनेटका लागि संसद् स्थगित भएको घोषणा गरेका छन् ।