Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

रास्वपाले माग्यो भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन आयोग

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन आयोग नबनेसम्म सदन चल्न नसक्ने चेतावनी दिएको छ। रास्वपाका सांसद शिशिर खनालले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने र छानबिन आयोग गठन गर्नुपर्ने बताएका छन्।

‘संगठित ढंगले गरिएको भ्रष्टाचारको निष्पक्ष अनुसन्धान हुनुपर्छ संगठित अपराध र सम्पत्ति शुद्धीकरण हेर्ने गरी छानबिन गर्न एक उच्चस्तरीय छानबिन आयोग नबनेसम्म संसद् चल्न सक्दैन’, उनले भने। उनले भिजिट भिसा प्रकरण कर्मचारीले नागरिकता बनाउन घुस मागेको जस्तो विषय नभएको बताए।

‘एक कर्मचारीले नागरिकता बनाउन गएको बेला घुस मागेको जस्तो विषय होइन। मेनपावरदेखि एयरलाइन्ससम्म कर्मचारीदेखि मन्त्रीसम्मको सचिवालय जोडिएको छ। प्रश्न गृहमन्त्रीमाथि उठेको छ। अनुसन्धान हुनुपर्छ। राजीनामा आउनु पर्छ’, उनले भने।