शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

रास्वपाले माग्यो भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन आयोग

रास्वपाले माग्यो भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन आयोग

जेठ १३, २०८२ मंगलवार
जेठ १३, २०८२ मंगलवार
  • रास्वपाले माग्यो भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन आयोग

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन आयोग नबनेसम्म सदन चल्न नसक्ने चेतावनी दिएको छ। रास्वपाका सांसद शिशिर खनालले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने र छानबिन आयोग गठन गर्नुपर्ने बताएका छन्।

    ‘संगठित ढंगले गरिएको भ्रष्टाचारको निष्पक्ष अनुसन्धान हुनुपर्छ संगठित अपराध र सम्पत्ति शुद्धीकरण हेर्ने गरी छानबिन गर्न एक उच्चस्तरीय छानबिन आयोग नबनेसम्म संसद् चल्न सक्दैन’, उनले भने। उनले भिजिट भिसा प्रकरण कर्मचारीले नागरिकता बनाउन घुस मागेको जस्तो विषय नभएको बताए।

    ‘एक कर्मचारीले नागरिकता बनाउन गएको बेला घुस मागेको जस्तो विषय होइन। मेनपावरदेखि एयरलाइन्ससम्म कर्मचारीदेखि मन्त्रीसम्मको सचिवालय जोडिएको छ। प्रश्न गृहमन्त्रीमाथि उठेको छ। अनुसन्धान हुनुपर्छ। राजीनामा आउनु पर्छ’, उनले भने।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार