Jun 13 2026

Jun 13 2026 | शनिवार, जेठ ३० गते २०८३

आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

नेपाली बजारमा सोमबारको तुलनामा आज सुनचाँदीको मूल्य केही घटेको छ । सुन तोलामा रु २०० र सोही परिमाणको चाँदी रु १० ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एक तोला सुनको मूल्य एक लाख ९० हजार ९०० कायम भएको छ भने त्यति नै परिमाणको चाँदीको मोल रु एक हजार ९९५ निर्धारण भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार ३५५ अमेरिकी डलर कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।