Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

माओवादीमा भित्रिए गंगानारायण, पाए सचिवको जिम्मेवारी

नेकपा (माओवादी केन्द्र) र गंगानारायण श्रेष्ठ नेतृत्वको नेपाल समाजवादी पार्टीबीच एकता भएको छ। ललितपुरको ग्वार्कोस्थित एक ब्यांक्वेटमा सोमबार दिउँसो दुई पार्टीबीच पार्टी एकता घोषणा भएको हो।

एकता समारोहमा माओवादीका महासचिव देव गुरुङले नेसपा माओवादी केन्द्रमा समायोजन भएको घोषणा गरेका हुन्। एकता घोषणामा महासचिव गुरुङले पाँच बुँदे सहमति भएको घोषणा गरेका थिए।

समायोजन भएका गंगानाराण श्रेष्ठलाई केन्द्रीय सचिव र अन्यलाई सम्मानजनक रूपमा संगठनमा जिम्मेवारी दिइनेछ सहमति पत्रमा उल्लेख छ। २०७२ सालमा डा. बाबुराम भट्टराई माओवादीबाट अलग भएपछि गठन भएको नयाँ शक्ति नेपाल, संघीय समाजवादी, जसपा नेपाल हुँदै २०७९ सालमा भट्टराईकै नेतृत्वमा नेपाल समाजवादी पार्टी (नेसपा) गठन भएको थियो । तर, गंगानारायणसहितका नेता बाबुरामको नेसपाबाट पनि अलग भएका थिए।

नेसपाबाट बाबुराम भट्टराईलाई निकालेर महिन्द्र यादव र गंगाले चलाएको उक्त पार्टीबाट पनि उनी महिन्द्रलाई छाडेर अलग्गै समूह लिएर माओवादीमा फर्किएका हुन्।माओवादी छाड्दा पोलिटव्युरो सदस्य रहेका श्रेष्ठले फर्किदा सचिव पद पाएका छन्। उनीसहित प्रदेश सभाका दुई सांसद पनि माओवादीमा बिलय भएका छन्। उनीहरु गत चुनावमा माओवादीकै चिन्हबाट निर्वाचित भएका थिए।

b(16).jpg