Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

प्रधानमन्त्री ओलीको अभिव्यक्तिबारे गगन थापाले भनेः आइन्दा त्यस्ता कुराहरू नदोहोरियोस्

सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई उत्तेजक बनाउने अभिव्यक्ति दिन नहुने बताएका छन्।

आज (सोमबार) बसेको पार्टीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै थापाले प्रधानमन्त्रीलाई आगामी दिनमा यस्ता उत्तेजक अभिव्यक्ति नदिन ध्यानाकर्षण गराएका छन्।

प्रधानमन्त्री ओलीले शनिबार गोदावरीमा आयोजित नेकपा एमाले बागमती प्रदेश कमिटीद्वारा आयोजित वडाध्यक्षहरूको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै जेठ १५ गते राजधानी काठमाडौँलाई एमालेको नियन्त्रणमा राख्न नेता–कार्यकतालाई निर्देशन दिएका थिए।

थापाले भने, ‘हामीले त कसैलाई उत्तेजनामा ल्याउने काम गर्न पाइँदैन भने सम्माननीय प्रधानमन्त्रीले त्यस्तो भन्नु हुन्छ भन्ने कुरा कल्पना पनि गरिँदैन। त्यसैले यो जे जस्ता कुराहरू बाहिर सुनियो । त्यस्ता कुराहरू बाहिर आइन्दा नदोहोरियोस् ।’