शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

धवलको बयानः गणतन्त्र समाप्त पार्ने आजको दिन भनेर आवेशमा बोलेको हुँ

धवलको बयानः गणतन्त्र समाप्त पार्ने आजको दिन भनेर आवेशमा बोलेको हुँ

जेठ ११, २०८२ आइतवार
जेठ ११, २०८२ आइतवार
  • धवलको बयानः गणतन्त्र समाप्त पार्ने आजको दिन भनेर आवेशमा बोलेको हुँ

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवल शम्शेर राणाले तीनकुनेमा भएको राजावादीको कार्यक्रममा हिंसात्मक गतिविधि सुरू हुनु अगावै आफू बच्नका लागि सुरक्षित ठाउँमा गएको बताएका छन्।

    उनीविरूद्ध सरकारी वकिलको कार्यालय काठमाडौंले आइतबार राज्यविरूद्धको कसुर, आपराधिक उपद्रव, संगठित अपराध कसुरमा सजाय मागदाबी गर्दै मुद्दा दायर गरेको छ । सरकारी वकिलले उनीसहित ६१ जनाविरूद्ध मुद्दा दायर गरेको हो । उनले उक्त कार्यक्रममा अतिथिको रूपमा मात्र सभामा सहभागी भई मौका पाएमा सभालाई सम्बोधन गर्नका लागि आफू सहभागी भएको बयान दिएका छन् ।

    उनले ‘हामी अगाडि बढ्ने हो, प्रहरीसँग डराउने होइन, यो संघीयता र गणतन्त्र समाप्त पार्ने आजको दिन हो’ भनेर आवेगमा अभिव्यक्ति दिएको स्वीकारेका छन् । तर, सो अभिव्यक्ति उक्त दिनको प्रदर्शनमा मन्तव्य दिनको लागि बनाइएको मञ्चमै प्रहरीबाट अश्रुग्यास प्रहार भईसकेपछि असहज अवस्थामा आवेशमा बोलेको उनको दाबी छ ।

    ‘कार्यक्रममा मञ्चमा बस्न लाग्दा एक्कासी अश्रुग्यासको धुँवा आएपछि मञ्चबाट ओर्लिएँ,’ उनले भनेका छन्, ‘सुरूमा नवराज सुवेदीको गाडीभित्र करिब आधा घन्टा बसें । स्थिति अलि साम्य भएपछि सडकको उत्तरतर्फ रहेको गल्लीभित्र छिरी सोही स्थानमा रहेको रेस्टुरेन्टको सटरभित्र बसें ।’

    विभिन्न स्थानमा भएका तोडफोड र क्षति सम्बन्धमा सामाजिक सञ्जाल तथा समाचारहरू हेरेको थाहा पाएको उनले बताएका छन् । उनले आफ्ना नेताहरूले हिंसात्मक घटनाको लागि आह्वान गर्ने, भड्काउने तथा गैरकानुनी तरिकाले राज्य सत्ता कब्जा गर्ने कार्यहरू नगरेको समेत प्रहरीलाई बयान दिएका छन् । त्यस दिन आएका युवा शक्ति, अनवरत तप्पर फौज, आरटिएफ, शिवन सेना नेपाललाई आफ्नो पार्टीले निमन्त्रणा गरेको होइन, उनीहरू स्वयम आफ्नो इच्छाले उपस्थित भएको उनको भनाइ छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार