Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

गृहमन्त्रीको राजीनामाको विषयमा के भन्छन् सरकारका प्रवक्ता?

सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरूङले एउटा कर्मचारी पक्राउ पर्दैमा गृहमन्त्रीले राजीनामा दिनुपर्छ र भन्दै प्रतिप्रश्न गरेका छन्।

सचिवालय बैठकमा भाग लिन एमाले केन्द्रीय कार्यालय पुगेका सञ्चारमन्त्री समेत रहेका गुरूङलाई पत्रकारहरूले प्रश्न सोध्दा उल्टै प्रतिप्रश्न गरेका हुन्।

‘अध्यागमनमा जे खालको अनियमितता भयो भनेर छानबिन भएको छ, छानबिन हुन दिनुस्,’ उनले भने, ‘एउटा तीर्थ भट्टराई पक्राउ पर्छन्, गृहमन्त्रीले राजीनामा दिनुपर्ने हुन्छ र ?’