शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

युनुस रिहा लगतै फेरि पक्राउ

युनुस रिहा लगतै फेरि पक्राउ

जेठ ११, २०८२ आइतवार
जेठ ११, २०८२ आइतवार
  • युनुस रिहा लगतै फेरि पक्राउ

    नख्खु कारागारबाट मुक्त भएलगत्तै पक्राउ परेका युनुस अन्सारीलाई सम्पत्ति शुद्धीकरणको कसुरमा पाँच दिनको म्याद थपिएको छ । नक्कली भारतीय नोट कारोबारको मुद्दामा दोषी ठहर भई नख्खु कारागार चलान भएका उनी शनिबार साँझ छुटेका थिए । लगत्तै उनलाई सीआईबीको टोलीले पक्राउ गरेको थियो ।

    नक्कली भारतीय मुद्रा कारोबारमा उनको संलग्नतासँगै स्रोत नखुलेका करोडौं रकमको कारोबार देखिएका कारण नेपाल राष्ट्र बैंकको वित्तीय अनुसन्धान इकाइले प्रहरीलाई पत्राचार गरेको थियो । आज उनलाई अदालतमा उपस्थित गराइएको र अनुसन्धानका लागि पाँच दिनको म्याद थप भएको सीआईबीका एसएसपी होमिन्द्र बोगटीले जानकारी दिएका छन् । २०७६ जेठ १० मा युनुससहित ६ जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरेको थियो ।

    उनीहरुबाट ७ करोड ७६ लाख नक्कली भारु नोट बरामद भएको थियो । कतारबाट काठमाडौं आउने तीन पाकिस्तानी नागरिकहरुमा राहदानी नम्बर एए १२४५४९४ वाहक ४९ वर्षीय मोहम्मद अख्तर, एआर २४०६४३२ वाहक ६७ वर्षीय नासिर उद्दिन र राहदानी नं. सीएन १८१२०३२ वाहक ३९ वर्षीय नादिया अनवर पक्राउ परेका थिए । उनीहरु कराँचीबाट कतार हुँदै नेपाल आएका थिए ।

    यीनै तीन जना पाकिस्तानी नागरिकलाई लिन पुगेका युनुससँगै रौतहटको बैरिया–१ का सुबल खान र भक्तपुरको बालकोटका रानाभाट पक्राउ परेका थिए । यो घटनामा उनलाई दोषी ठहर गर्दै ६ वर्ष कैद ६० हजार रुपैयाँ जरिवाना र १३ सय रुपैयाँ क्षतिपूर्तिको सजाय भएको थियो । ६ वर्ष कैद भुक्तान गरेर हिजो शनिबार मात्रै छुटेका थिए । लगत्तै सीआईबीले उनलाई नियन्त्रणमा लिएको हो ।

    राष्ट्र बैंकले उल्लेख गरेका कारोबारलाई अन्सारीले स्रोतसहित पुष्टि गर्न सकेनन् भने उनी फेरि जेल जाने सम्भावना रहेको अनुसन्धानमा संलग्न प्रहरीहरु बताउँछन् ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट