Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

पोखरा कोटिहोम विराट ज्ञान महायज्ञमा आएर कथा श्रवण गर्न भक्तजनहरुलाई देवी प्रतिभाको आग्रह

अन्तर्राष्ट्रिय कथा वाचिक देवी प्रतिभाले पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आएर दर्शन गरी कथा श्रवण  गर्न सबै भक्तजनलाई आग्रह गरेकी छिन् ।

शनिबार पोखरा कोटिहोम विराट ज्ञान महायज्ञमा कथावाचनको क्रममा उनले  १४ दिन महायज्ञमा आएर कथा श्रवण गरेका भक्तजनहरुलाई पुनः कथा श्रवण गर्न आउनको लागि आग्रह गरेकी हुन् ।  उनले भनिन्, ‘तपाईंहरुको मायाले नै म यहाँ आए । १४ दिनसम्म जसले जसले कथा श्रवण गर्नुभयो तपाईहरु पनि फेरी आएर तपाईहरुको छोरीको मुखबाट पनि कथा सुनिदिनुहोला।’

त्यस्तै उनले पशुपति कोटिहोममा पहिलो पटक कथा वाचकको लागि आउँदा सबैजना नयाँ लागेको भएतापनि अहिले दोस्रो पटक आउँदा सबै पुरानो र जस्तो सबैजना आफ्नो परिवारजस्तो लागेको अनुभव सुनाइन् ।

उनले भनिन्,‘पशुपति कोटिहोममा पहिलो पटक कथा वाचकको लागि आउँदा मलाई सबैजना नयाँ लागेको थियो । तर अहिले दोस्रो पटक आउँदा सबै पुरानो भएको जस्तो सबैजना आफ्नो परिवारजस्तो लागेको छ ।’