Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

आज पनि ह्वात्तै बढ्यो सुनको भाउ, पुग्न लाग्यो दुई लाख

नेपाली बजारमा आज साताको पहिलो दिन आइतबार पनि सुनको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंका अनुसार छापावाल सुनको मूल्य तोलामा एक हजार ४०० रुपैयाँले बढेर एक लाख ९१ हजार ८०० रुपैयाँ कायम भएको छ ।

शुक्रबार छापावाल सुनको मूल्य १ लाख ९० हजार ४०० रुपैयाँ थियो । यस्तै, चाँदीको मूल्य स्थिर रहेको छ । आइतबार चाँदी तोलामा २ हजार ५ रुपैयाँमा कारोबार भइरहेको छ, जुन शुक्रबारको मूल्यसँग बराबर हो ।