Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

विश्वबाट फासीवाद अन्त्य भएको ८० वर्ष पूरा, राजनीतिक ध्रुवीकरणको असर नेपालमा

विश्वबाटै फासीवादलाई परास्त गरेको ८० वर्ष पुगेको छ ।  फासिवाद उग्र दक्षिणपन्थी, सर्व सत्तावादी उग्र राष्ट्रवादको एउटा स्वरूप हो । तानाशाही शक्ति, फरक विचारको वा विरोधको बलपूर्वक दमन, साथै समाज र अर्थतन्त्रको बलियो फौजीकरण जस्ता विशेषता रहेको फासिवाद २० औँ शताब्दीमा प्रचलित थियो।

फासिवाद अन्त्य भएको ८० वर्ष पुगेको अवसरमा काठमाडौंमा पनि विशेष कार्यक्रम आयोजना गरियो । फ्रेण्ड्स अन क्लाउडले आयोजना गरेको कार्यक्रममा कांग्रेस नेता एवम पूर्व मन्त्री डा। मिनेन्द्र रिजाल, पूर्व राजदूत टंक कार्की, पूर्व राजदूत महेश दाहाल, विदेश मामिलाका ज्ञाता जेसन बैद्य, फ्रेण्ड्स अन क्लाउडका अध्यक्ष शोमित उप्रेती लगायतले धारणा राखेका थिए । 

फासिवादका बिभिन्न सन्दर्भको चर्चा गर्दै डा। रिजालले नेपालको संवेदनशिलतालाई ध्यानमा राखेर छिमेकी राष्ट्रबारे धेरै बोल्न नहुने धारणा राखे । उनले प्रधानमन्त्री केपी शर्मा ओलीको सैद्धान्तिक र व्यवहारिक राजनीति परिपक्व नभएकोसमेत टिप्पणी गरे । 

एमाले नेता एवम पूर्व राजदूत टंक कार्कीले फासिवाद अन्त्य भएपनि विश्वका शासकमाझ यो प्रवृति अहिलेपनि कायम रहेको दृष्टान्त प्रस्तुत गरे । उनले विश्व ध्रुवीकरणको चर्चा गर्दै त्यसको असर नेपालमा पनि पर्ने भएकाले दलहरु सचेत हुनुपर्ने धारणा राखे । 

विदेश मामिला विज्ञ जेसन बैद्यले फासिवादको इतिहास, सन्दर्भ र नेपाल मामिलाको चर्चा गर्दै परिवर्तनको पक्षमा दृष्टिकोण प्रस्तुत गरे ।  

अन्य युरोपेली देशहरूमा फासिवाद फैलिनु अघि पहिलो फासीवादी आन्दोलन इटालीमा पहिलो विश्वयुद्धको क्रममा देखा परेको थियो ।  उदारवाद, माक्र्सवाद र अराजकतावादको विरोधमा फासीवाद पारम्परिक बायाँ – दायाँ रंगावली भित्र उग्र दक्षिणतर्फ राखिएको छ।