शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

गृहमन्त्रीको प्रश्नः कर्मचारीमाथि अनुसन्धान हुँदा मैले किन दिनु पर्ने राजीनामा?

गृहमन्त्रीको प्रश्नः कर्मचारीमाथि अनुसन्धान हुँदा मैले किन दिनु पर्ने राजीनामा?

जेठ १०, २०८२ शनिवार
जेठ १०, २०८२ शनिवार
  • गृहमन्त्रीको प्रश्नः कर्मचारीमाथि अनुसन्धान हुँदा मैले किन दिनु पर्ने राजीनामा?

    गृहमन्त्री रमेश लेखकले आफूमाथि लागेका सबै आरोप गलत भएको दाबी गरेका छन् । काठमाडौंमा पत्रकारसँग सक्षिप्त कुराकानी गर्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् । गृहमन्त्री र उनका सचिवालय नै ‘भिजिट भिसा’मार्फत मानव तस्करीमा संलग्न रहेको कुरा आएपछि लेखकको आलोचना भइरहेको छ । उनले आफ्नो राजनीतिक जीवनमा एउटा मात्र आर्थिक अनियमितता प्रमाणित भए मन्त्री मात्र नभई राजनीति नै छोड्ने बताए ।

    ‘मलाई लागेको सबै आरोप गलत हुन् । आरोप साँचो सावित भए मन्त्री पद मात्र होइन, राजनीति नै छोड्छु’, उनले भने । यसअघि जनकपुरमा भएको एक कार्यक्रममा पनि गृहमन्त्री लेखकले आफूमाथि लागेको आरोप सही ठहरिए राजनीतिमै देखा नपर्ने बताएका थिए । उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयसँग जोडिएको घटनामा आफूविरुद्ध नियोजित र षड्यन्त्रपूर्वक झुटा प्रचारबाजी भइरहेको समेत बताएका छन् ।

    ‘मेराविरुद्धमा नियोजित र षड्यन्त्रपूर्वक ढंगबाट झुटा प्रचारबाजी भइरहेको छ । म सबैलाई के आग्रह गर्न चाहन्छु भने, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनको भिजिट भिसाको विषय मात्रै होइन, मेरो सार्वजनिक जीवनमा, राजनीतिक जीवनमा यदि एउटा मात्रै पनि आर्थिक अनियमितता प्रमाणित भयो भने म पदबाट होइन, राजनीतिबाट राजीनामा दिन्छु ।’

    उनले यसबारे थप प्रष्ट पार्नका लागि आगामी १३ गते प्रतिनिधिसभामा समय लिइसकेको समेत जानकारी गराए । उनले गृह मन्त्रालय अन्तर्गत लाखको संख्यामा कर्मचारी रहेको भन्दै जुनसुकै बेला जुनसुकै कर्मचारीमाथि अनुसन्धान हुनसक्ने बताए । ‘गृह मन्त्रालय यति ठूलो छ, यहाँ हजारमा होइन, लाखमा कर्मचारी छ । यत्रा कर्मचारीमा कुनै पनि बेला कुनै पनि कर्मचारीमाथि अनुसन्धान गर्न सक्छ,’ उनले थपे, ‘अनि कुनै पनि कर्मचारीकामाथि अनुसन्धान सुरु हुँदै गर्दा सबै मन्त्रीले राजीनामा दिँदै जाने हो ? त्यही पद्धति बसाउने जाने हो ? आजसम्म त्यस्तो भएको छ ?’

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट