Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

ग्लोबल आईएमई बैंक इन्फोसिस फिनाकल इनोभेसन गोल्ड अवार्ड २०२५ बाट सम्मानित

ग्लोबल आइएमई बैंक लिमिटेड इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२५ मा प्रोडक्ट इनोभेसन विधा अन्तर्गत गोल्ड अवार्डबाट सम्मानित भएको छ ।इन्फोसिस फिनाकल इनोभेसन अवार्डको २०२५ संस्करणमा विश्वभरका प्रमुख बैंकहरूबाट १० वटा श्रेणीमा ३०० भन्दा बढी मनोनयनहरू भएका थिए ।

बैंकले डिजिटल इनोभेसन र सञ्चालनमा उत्कृष्टताका लागि उक्त अवार्ड प्राप्त गरेको हो ।यस वर्ष पुरस्कृत विधा डिजिटल इनोभेसन—इन्टेग्रेटेड फोर्स लोन प्लेटफर्मले ब्याक अफिस क्रेडिट सञ्चालनलाई सुव्यवस्थित गर्नमा ठूलो सफलता हासिल गरेको छ ।

लगातार तेस्रो वर्ष यस प्रतिष्ठित अवार्डबाट सम्मानित हुनुले इनोभेसनप्रतिको समर्पण, डिजिटल सामथ्र्यको विकास र बैंकिङ क्षेत्रमा उत्कृष्टताको नयाँ कीर्तिमान कायम गर्ने दृढ संकल्पलाई उजागर गरेको बैंकले जनाएको छ ।यसअघि बैंकले आफ्नो मोबाइल बैंकिङ एप्लिकेसन ग्लोबल स्मार्ट प्लस मार्फत सेक्युरिटी डिपोजिट लकर जारी गर्ने र ई–कमर्स कार्ड जारी गर्ने कार्यलाई डिजिटलाइज गरेबापत सन् २०२४ मा प्रोसेस इनोभेसन विधामा प्लेटिनम अवार्ड प्राप्त गरेको थियो ।

त्यसैगरी, सन् २०२३ मा ग्राहक अनुभव र सञ्चालन दक्षता अभिवृद्धिमा केन्द्रित डिजिटल रूपान्तरण पहलका लागि ट्रान्सफर्मेसन एक्सलेन्स गोल्ड अवार्ड प्राप्त गरेको थियो ।ग्लोबल आइएमई बैंकले प्रविधिको विकास, रणनीतिक सहकार्य र ग्राहक केन्द्रित सेवाको एकीकृत र समय सापेक्ष समाधानमा नेपालको बैंकिङ क्षेत्रमा सबैभन्दा अगाडि रहेको जनाएको छ ।

नवीन प्लेटफर्महरूको उपयोग गर्दै विश्वव्यापी रुपमा संजाल र साझेदारी निर्माण गरेर समावेशिता, पहुँच र सेवा उत्कृष्टतामा आफ्नो ध्यान केन्द्रित गर्दै आएको बैंकको भनाइ छ ।ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक हो । साथै ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको बैंकले जनाएको छ ।