Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

रास्वपाले बोलायो सचिवालय र केन्द्रीय समितिको आकस्मिक बैठक

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय र केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ ।

पार्टी सभापति रवि लामिछानेको विषयमा सर्वोच्चको आदेशपछि रास्वपाले आज शनिबार बस्ने गरी सचिवालय र केन्द्रीय समितिको बैठक बोलाएको हो।

रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार शनिबार दिउँसो ३ बजे सचिवालय र अपराह्न ४ बजे केन्द्रीय समितिको भर्चुअल बैठक बोलाइएको छ। उनका अनुसार केन्द्रीय समितिको बैठक आइतबार पनि बस्नेछ । बैठक दिउँसो आइतबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने तय भएको छ।

रूपन्देहीको सुप्रिम सहकारीको बचत अपचलन मुद्दामा लामिछाने रूपन्देही कारागारमा थुनामा छन्। उनलाई थुनामुक्त गरी मुद्दाको पुर्पक्ष गर्ने मागसहित परेको रिटमा सर्वोच्च अदालतले शुक्रबार उच्च अदालतकै आदेश सदर गरेको छ।

शुक्रबार सर्वोच्च अदालतले यसअघि उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रविलाई पुर्पक्षका लागि थुनामा पठाउन दिएको आदेशलाई सदर गरेको थियो ।