Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

नेपाल एसबिआई बैंकद्वारा बालकल्याण आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

नेपाल एसबिआई बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बालकल्याण आधारभूत विद्यालयका विद्यार्थीलाई स्कुल सामाग्री वितरण गरेको छ । 

कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नं २५ स्थित श्री बालकल्याण अधारभूत विद्यालय, हेमजामा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरुका लागि नेपाल एसबिआईले स्कुल ब्याग तथा शैक्षिक सामाग्री प्रदान गरेको हो । 

बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत राम कुमार तिवारीले श्री बालकल्याण अधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकलार्ई एक कार्यक्रमका बीच उक्त सामाग्रीहरु हस्तान्तरण गरेका थिए । सो कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तिय अधिकृत राजेश कुमार पंडा, प्रमुख संचालन अधिकृत विकास आनन्द, प्रमुख जोखिम तथा अनुपालन अधिकृत विष्णुदेव यादव, सहायक महाप्रबन्धक अर्जुन नेपाल, प्रमुख कर्जा अधिकृत रोशन कोइराला र बैंक तथा स्कुल समितिका अन्य उच्च पदाधिकारी र शिक्षकहरु समेतको उपस्थिति रहेको थियो । 

बैंकले शिक्षा क्षेत्रमा यस किसिमको कार्यक्रम समय समयमा गर्दै आइरहेको छ । नेपाल एसबिआई बैंक लि.ले बिगत ३१ वर्ष देखि बैकिङ सेवा प्रदान गर्दै आईरहेकोे छ । हाल बैंकका १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, १८ शाखा रहीत बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।