शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

रविको रिटमा आदेश आउँदै, सर्वोच्चमा रास्वपा कार्यकर्ताको भीड

रविको रिटमा आदेश आउँदै, सर्वोच्चमा रास्वपा कार्यकर्ताको भीड

जेठ ९, २०८२ शुक्रवार
जेठ ९, २०८२ शुक्रवार
  • रविको रिटमा आदेश आउँदै, सर्वोच्चमा रास्वपा कार्यकर्ताको भीड

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिटमा आदेश आउनुअघि सर्वोच्च अदालतको गेटमा पार्टीका कार्यकर्ता र समर्थकको भिड लागेको छ । लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ सकिएर केहीबेरमा आदेश आउँदैछ ।

    तर लमिछानेको मुद्दामा आदेश आउने प्रतीक्षा लम्बिइरहेको छ । अहिले सर्वोच्च अदालत परिसरमा रास्वपा कार्यकर्ताहरु आदेश सुन्न भीड लागेका छन् । न्यायाधीशद्वय नहकुल सुबेदी र बालकृष्ण ढकालले ढोका थुनेर आदेशलाई अन्तिम रुप दिइरहेका छन् । उनीहरुसँग इजलास अधिकृत मात्रै रहेको स्रोतले जानकारी दिएको छ । बाहिर कार्यकर्ताहरुले होहल्ला गरिरहेका छन् ।

    त्यस्तै, सञ्चारकर्मीहरुको पनि बाक्लो उपस्थिति छ । रवि पत्नी निकिता पनि अदालतमै छिन् । यसैबीच सुरक्षाकर्मीहरु पनि ठूलो संख्यामा उपस्थिति रहेको छ । सुप्रिम सहकारी सम्बन्धी ठगी मुद्दामा उच्च अदालतको बुटवल इजलासले दिएको आदेशका कारण लामिछाने अहिले रुपन्देही कारागारमा छन् ।

    उनकी पत्नी निकिता पौडेलले सर्वोच्चमा दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा शुक्रबार सुनुवाइ सकिएको हो । लगत्तै आजै आदेश आउने बताइएको छ । उच्च अदालतले जिल्ला अदालत रुपन्देहीको आदेश उल्ट्याएर रविलाई थुनामा पठाएको थियो ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार