Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ सकियो, के आउँला आदेश?

सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि कारागार चलान भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको तर्फबाट दायर गरिएको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ सकिएको छ। 

श्रीमती निकिता पौडेलमार्फत सर्वोच्च अदालतमा दायर गरिएको रिटमा शुक्रबार सुनुवाइ सकिएको हो। न्यायाधीशद्वय डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा बुधबारबाट शुरू भएको सुनुवाइ शुक्रबारसम्म लम्बिएको थियो। 

अब सर्वोच्च अदालतको आदेशले लामिछानेको सम्बन्धमा आदेश दिन बाँकी छ । अदालतले थुनामुक्ति सम्बन्धमा महत्वपूर्ण मोड ल्याउने अपेक्षा गरिएको छ।