शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

भिजिट भिसा प्रकरणः गृहका नौं कर्मचारीको सरुवा

भिजिट भिसा प्रकरणः गृहका नौं कर्मचारीको सरुवा

जेठ ९, २०८२ शुक्रवार
जेठ ९, २०८२ शुक्रवार
  • भिजिट भिसा प्रकरणः गृहका नौं कर्मचारीको सरुवा

    गृह मन्त्रालयले सहसचिव तीर्थराज भट्टराईसहित नौं कर्मचारीको सरुवा गरेको छ। भिजिट भिसा प्रकरणमा मुछिएको उजुरी परेका कर्मचारीलाई सरुवा गरिएको हो। भिजिट भिसा प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा कार्यरत उनीहरुको सरुवा गरिएको हो।

    बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यागमन अधिकृत एवं सह सचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएको थियो। नियन्त्रणमा पर्नुअघि गृहमन्त्री रमेश लेखकले उनको सरुवा गरेर मन्त्रालय तानेका थिए। भिजिट भिसामा शंकास्पद गतिवधि गरेका अन्य आठ जनाको सरुवा गरिएको छ। प्रेमप्रसाद पौडेलको जिल्ला प्रशासन कार्यालय काठमाडौं, वीरभद्र जोशीको जिल्ला प्रशासन कार्यालय काठमाडौँ, तथा नरबहादुर थापाको जिल्ला प्रशासन कार्यालय बाँकेमा सरुवा गरिएको छ। तीनै जना र नायब सुब्बा पदमा कार्यरत थिए।

    सहायक कम्प्युटर अपरेटरका रुपमा कार्यरत कर्मचारीहरु कमला श्रेष्ठसहित कम्प्युटर अपरेटरहरू उदेन सुवेदी, प्रदीपकुमार यादव, पवन गुरुङ, र धनराज उपाध्यायको कारागार व्यवस्थापन विभाग वा अन्तर्गत हुनेगरी सरुवा गरिएको छ। गृह मन्त्रालयका कर्मचारी प्रशासन महाशाखा प्रमुख सह सचिव छवि रिजालले आठ जनालाई सरुवा गरेका हुन्।

    अख्तियारले भट्टराईलाई जेठ ७ गते गृह मन्त्रालयबाट नियन्त्रणमा लिएको थियो। उनी जेठ ६ गते मात्रै अध्यागमन विभागबाट गृह मन्त्रालय सरुवा भएर आएका थिए। अख्तियारले भट्टराईको मोबाइल पनि नियन्त्रणमा लिएर फरेन्सिक ल्याबमा पठाइसकेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट