Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

साताको अन्तिम दिन ह्वात्तै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोवार?

नेपाली बजारमा सुनको मूल्य एक हजार एक सय रुपैयाँ घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार छापावाल सुनको मूल्य तोलामा एक लाख ९० हजार चार सय रुपैयाँ कायम भएको हो ।

यसअघि बिहीवार छापावाल सुन तोलामा १ लाख ९१ हजार पाँच सय रुपैयाँ कायम भएको थियो ।

यस्तै चाँदीको मूल्य पनि घटेर २ हजार ५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।