Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

सीजी मोटर्सद्वारा अभिनेत्री वर्षा राउत आयन भीको ब्रान्ड एन्डोर्सरमा नियुक्त

सिजी मोटर्सले अभिनेत्री वर्षा राउतलाई एआईओएन भी को ब्रान्ड एम्बास्डर नियुक्त गरेको छ। कम्पनीले अभिनेत्री राउतलाई नियुक्ति सँगै उक्त गाडी हस्तान्तरण समेत गरेको हो।

सीजी मोटर्सका जीएम-सेल्स, सुशील क्षेत्रीले भने, ‘हामी वर्षा राउतलाई एआईओएन भी को ब्रान्ड एन्डोर्सरको रूपमा स्वागत गर्न पाउँदा अत्यन्तै उत्साहित छौँ। उहाँको अग्रगामी सोच, आधुनिक जीवनशैली र सस्टेनेबिलिटीप्रतिको प्रतिबद्धता एआईओएन भी को पहिचानसँग पूर्ण रूपमा मेल खान्छ। हामी मिलेर नेपालमा विद्युतीय सवारीको भविष्य पुनः परिभाषित गर्ने आशा राख्छौँ।’

कम्पनीका अनुसार एआईओएन भी मा रहेको ७५.३ किलोवाट क्षमताको ब्याट्री तथा ६५० किमीको रेन्जले लामो यात्रामा पनि पूर्ण आत्मविश्वास प्रदान गर्छ, जसले रेन्ज एङ्जायटीलाई पूर्ण रूपमा हटाउँछ। दूरदर्शी, महत्वाकांक्षी र सचेत चालकहरूका लागि निर्माण गरिएको यो गाडीले प्रदर्शन, सुरक्षा र दिगो प्रविधिलाई एकैसाथ प्रस्तुत गर्छ।

चौधरी ग्रुप अन्तर्गतको सीजी मोटर्स नवीन प्रविधि र विश्वव्यापी साझेदारमार्फत दिगो मोबिलिटी समाधान प्रदान गर्न समर्पित छ। नेपालमा एआईओएन ईभीएस को एकमात्र आधिकारिक बिक्रेताको रूपमा सीजी मोटर्सले देशलाई सफा र सशक्त भविष्यतर्फ अग्रसर गरिरहेको छ।

२० भन्दा बढी सेल्स तथा सर्भिस सेन्टरहरू र २६० भन्दा बढी चार्जिङ स्टेशनहरूमार्फत सीजी मोटर्सले आफ्नो ग्राहकहरू र सरोकारवालाहरूलाई उत्कृष्ट सुविधा र भरपर्दो सेवा प्रदान गर्दै आएको छ।