Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

व्यापार घाटा १० महिनामै १२ खर्ब ५६ अर्ब

चालु आर्थिक वर्षको १० महिनामा मुलुकको व्यापार घाटा १२ खर्ब ५६ अर्ब २७ करोड रुपैयाँ पुगेको छ। भन्सार विभागले आज (बुधबार) सार्वजनिक गरेको वैदेशिक व्यापारको तथ्यांकअनुसार यो रकम गत आर्थिक वर्षको सोही अवधिमा करिब ७ प्रतिशतले बढी हो ।

आर्थिक वर्ष २०८०/८१ को १० महिनामा व्यापार घाटा ११ खर्ब ७७ अर्ब १८ करोड रुपैयाँ थियो । चालु आर्थिक वर्षको साउनदेखि वैशाख महिनासम्म १४ खर्ब ७४ अर्ब १८ करोडको वस्तु आयात भएको छ ।

यो रकम गत आर्थिक वर्षको सोही अवधिमा १३.११ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको पहिलो १० महिनामा १३ खर्ब ३ अर्ब ३५ करोडको वस्तु आयात भएको थियो । साउनदेखि वैशाखसम्म निर्यात व्यापार ७३ प्रतिशतले बढेको छ ।

विभागको तथ्यांकअनुसार १० महिनामा २ खर्ब १७ अर्ब ९१ करोडको वस्तु निर्यात भएको छ । यो रकम गत आर्थिक वर्षको सोही अवधीमाम ७२. ७१ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको १० महिनामा एक खर्ब २६ अर्ब १७ करोडको वस्तु निर्यात भएको थियो ।