Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

थवाङको सशस्त्र युद्धकालीन सेल्टर पुगे प्रचण्डसहितका माओवादी शीर्ष नेता

प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ रोल्पास्थित सशस्त्र युद्धकालीन आफ्नो सेल्टर पुगेका छन्।

अध्यक्ष प्रचण्ड पार्टीको जागरण अभियानअन्तर्त बुधबार (आज) रोल्पाको थबाङस्थित जनयुद्धकालीन आफ्नो सेल्टर पुगेका हुन् । त्यहाँ दाहालसहितका माओवादी नेताहरूलाई स्थानीयहरूले स्वागत गरेका छन् । अध्यक्ष प्रचण्डसहित माओवादीका अन्य शीर्ष नेता थवाङ पुगेका हुन् । जनयुद्धकालमा थबाङमा प्रचण्डको सेल्टर थियो ।

prachanda.jpg

यस्तै रोल्पाको लाबाङलाई तत्कालीन माओवादी आन्दोलनको एक ऐतिहासिक बैठकस्थलका रूपमा चिनिन्छ, जहाँ महत्वपूर्ण रणनीतिहरू तय गरिएको थियो। बैतडीको पाटनबाट सुरु गरिएको अध्यक्ष प्रचण्ड नेतृत्वको शीर्ष नेतृत्व मध्यपहाडी लोकमार्ग अभियान आज रोल्पा आइपुगेको छ। रोल्पाको थवाङमा अभियान टोलीको भव्य स्वागत गरिएको त्यहाँस्थित प्रेस सेन्टरका नेता नरेन्द्र केसीले जानकारी दिए।

उनका अनुसार स्थानीयवासी र पार्टीका नेताहरूले अध्यक्ष प्रचण्डसहितको टोलीलाई स्वागत गरेका हुन् । स्वागतमा रोल्पा क्षेत्रका जनप्रतिनिधि समेत रहेका माओवादी उपमहासचिव वर्षमान पुन सहभागी भएका थिए। यहाँ जिल्ला पार्टीले अहिले आयोजना गरेको जनसभालाई अध्यक्ष प्रचण्डसहित नेताहरूले सम्बोधन गरिरहेका छन्। अभियान टोली आज राति रोल्पामै बास बस्ने कार्यक्रम रहेको सचिव तथा प्रदेश इन्चार्ज चन्द्रप्रकाश खनाल बलदेवले जानकारी दिए।