Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

एनएमबि बैंक र एसिएन बीच विशेष सहकार्य सम्झौता

एनएमबि बैंक र एसोसिएसन अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल (एसिएन) बीच विशेष सहकार्यको सम्झौता सम्पन्न भएको छ।

उक्त सम्झौतामार्फत एसिएनमा आबद्ध सदस्यहरूलाई लक्षित गर्दै बैंकले विशेष वित्तीय सेवा तथा सुविधाहरू प्रदान गर्ने प्रतिबद्धता जनाएको छ। यस सहकार्यले एनएमबि बैंकको समावेशी र मूल्य–आधारित बैंकिङ अभ्यासलाई थप सुदृढ गर्दै नेपालका पेशागत समुदायलाई सशक्त बनाउन टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

बैंकले वित्तीय साक्षरता अभिवृद्धि र आर्थिक विकासमा पेशागत वर्गको योगदानलाई कदर गर्दै सदस्यहरूका लागि विशेष सेवा र कर्जा योजनाहरू ल्याएको हो।

सम्झौताअनुसार, एसिएन सदस्यहरूले कर्जा लिँदा प्रशासनिक शुल्कमा छुट, सजिलो कागजात प्रक्रिया, एनएमबि भिसा प्लेटिनम क्रेडिट कार्ड, ग्रीन सेभिङ खाता, तथा अन्य डिजिटल र कार्ड सेवाहरूको लाभ लिन सक्नेछन्। साथै, प्राथमिक बैंकिङ सुविधाअन्तर्गत व्यक्तिगत सम्बन्ध व्यवस्थापन सेवा र विशेष सुविधाहरू समेत उपलब्ध हुने बैंकले जनाएको छ।

एनएमबि बैंकका अनुसार यो सहकार्य बैंकको सेवा विस्तारको रणनीति अन्तर्गत पेशागत वर्गलाई लक्षित गर्दै दीगो र पहुँचयोग्य बैंकिङ समाधान प्रदान गर्ने उद्देश्यका साथ गरिएको हो। हाल एनएमबि बैंकले देशभर २०२ शाखा, १८७ एटिएम र ९ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गरिरहेको छ।