शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

‘हेर्दाहेर्दै’ मा राखिएको रवि लामिछानेको मुद्दाको सुनवाइ आज स्थगित

‘हेर्दाहेर्दै’ मा राखिएको रवि लामिछानेको मुद्दाको सुनवाइ आज स्थगित

जेठ ७, २०८२ बुधवार
जेठ ७, २०८२ बुधवार
  • ‘हेर्दाहेर्दै’ मा राखिएको रवि लामिछानेको मुद्दाको सुनवाइ आज स्थगित

    ‘हेर्दाहेर्दै’ मा राखिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको मुद्दामा आज सुनवाइ नहुने भएको छ। नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा हिजो सुरु भएको बहस नसकिएपछि ‘हेर्दाहेर्दै’ मा राखिएको थियो।

    आज एक न्यायाधीश उपलब्ध नहुने भएपछि सुनवाइ स्थगित गरिएको हो। नहकुल सुवेदी आज संवैधानिक इजलासमा बस्नु पर्ने भएकाले आज रविको सुनवाइ गर्न नसक्ने भएको स्रोतले जानकारी दिएको छ।

    पूर्व गृहमन्त्री लामिछाने र छविलाल जोशीले उच्च अदालत बुटवलको आदेश बदर गरी थुनामुक्त गर्न माग गरेको निवेदनमा मंगलबारदेखि सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ। मंगलबार लामिछानेका तर्फबाट बहस भएको थियो। बुवलको सुप्रिम सहकारी ठगी मुद्दामा रुपन्देही जिल्ला अदालतबाट एक करोड धरौटीमा रिहा भएका लामिछानेलाई उच्च अदालत बुटवलले भने पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो।

    छविको हकमा भने जिल्लाले नै पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो र उक्त आदेश उच्चबाट पनि सदर भयो । हाल रवि र छवि दुवै रुपन्देही कारागारमा छन्। सुरुमा उच्चको आदेश बदर गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता गराएका रविले पछि बन्दी प्रत्यक्षीकरणको रिट पनि दिएका हुन्।

    बन्दी प्रत्यक्षीकरणको रिट परेसँगै दिनदिनै पेसी तोकिए पनि सुनुवाइ भने झण्डै एक महिनापछि मात्रै अगाडि बढेको हो। बन्दी र अरु निवेदन साथै राखेर हेरिएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट