शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

लेखासहित संघीय संसदका पाँच समितिको बैठक बस्दै

लेखासहित संघीय संसदका पाँच समितिको बैठक बस्दै

जेठ ७, २०८२ बुधवार
जेठ ७, २०८२ बुधवार
  • लेखासहित संघीय संसदका पाँच समितिको बैठक बस्दै

    संघीय संसदका पाँच वटा समितिको बैठक बस्दैछ । संघीय संसद सचिवालय, सिंहदरबारस्थित कार्यालयहरूमा उक्त बैठक बस्नेछ ।

    जसअनुसार सार्वजनिक लेखा समितिको बैठक दिउँसो १ः०० बजे बोलाइएको छ । जुन बैठकमा पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल स्थलगत अध्ययन उपसमितिको प्रतिवेदन उपर छलफल हुनेछ भने अर्थ समितिको बैठकमा बैंक तथा वित्तीय संस्थासम्बन्धी पहिलो (संशोधन विधेयक), २०८० सम्बन्धमा विषय विज्ञ र सरोकारवालासँग छलफल गरिने भएको छ । जुन बैठक बिहान ११ः०० बजेबाट सुरू हुनेछ ।

    उता, महिला तथा सामाजिक मामिला समितिको बैठकमा दुई वटा उपसमितिहरुले तयार पारेका प्रतिवेदनहरु समिति समक्ष पेस गर्नेका लागि बिहान ७ः३० बजेबाट नै बैठक सुरू गरिनेछ भने पूर्वाधार विकास समितिको बैठकमा विद्युत विधेयक, २०८० माथि संशोधन सहित दफाबार छलफल गरिने भएको छ ।

    साथै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक,२०८० को सम्बन्धमा उपसमितिको प्रतिवेदनमाथि छलफल गरिनेछ । जुन बैठक बिहान ११ः०० बजेबाट सुरू हुनेछ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार