शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

विश्व पौडेललाई गभर्नर बनाउने जुट्यो सहमति

विश्व पौडेललाई गभर्नर बनाउने जुट्यो सहमति

जेठ ६, २०८२ मंगलवार
जेठ ६, २०८२ मंगलवार
  • विश्व पौडेललाई गभर्नर बनाउने जुट्यो सहमति

    आज हुने मन्त्रिपरिषद्को बैठकबाट गभर्नरको घोषणा हुने भएको देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक मंगलबार बेलुका बोलाएका हुन् । सोमबार स्थगित मन्त्रिपरिषद् बैठक आज साँझ ५ बजेका लागि बोलाइएको हो । बैठक बालुवाटारमा बस्ने भनी सूचना  मन्त्रीहरूलाई दिइएको छ ।

    प्रधानमन्त्री ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच गभर्नर नियुक्तिलगायत समसमायिक राजनीतिक विषयमा छलफल भएपछि मन्त्रिपरिषद्को बैठक बोलाइएको हो ।मन्त्रिपरिषद् बैठक अघि गभर्नरको नियुक्तिका लागि सिफारिस समितिको बैठक बस्ने भएको छ । दुई नेताको भेटपछि अर्थमन्त्री विष्णु पौडेलले गभर्नर नियुक्ति सिफारिस समितिको बैठक पनि बोलाइसकेको सम्बद्ध स्रोतले जनाएको छ ।

    सिफारिस समितिको बैठकले ३ जनाको नाम सिफारिस गर्नेछन। सो नामबाट मन्त्रिपरिषदले एकजनालाई गभर्नर नियुक्त गर्नेछ। सोमबार प्रधानमन्त्री ओलीले कांग्रेस सभापति देउवालाई बालुवाटारमा भेट  प्रस्ताव गरेका थिए । सो बैठकमा देउवा नभएपछि राजीतिक स्थितिबारे सत्ता गठबन्धनमा तनाव सिर्जना भएको थियो ।

    आज ओली र देउवाको भेटपछि स्थिति सामान्य बनेको पर्यवेक्षकहरूले बताएका छन् । देउवाले गभर्नरका लागि योजना आयोगका पूर्व उपाध्यक्ष डा। विश्व पौडेललाई प्रस्ताव गरेका छन्। आज उनको नाममा छलफल गरेर मन्त्रिपरिषद्बाट घोषणा गरिने विश्वास पर्यवेक्षकहरूको छ । 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार