शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

देउवासँग छलफलपछि प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक, के होला गभर्नर नियुक्तिको प्रक्रिया?

देउवासँग छलफलपछि प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक, के होला गभर्नर नियुक्तिको प्रक्रिया?

जेठ ६, २०८२ मंगलवार
जेठ ६, २०८२ मंगलवार
  • देउवासँग छलफलपछि प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक, के होला गभर्नर नियुक्तिको प्रक्रिया?

    गभर्नर नियुक्तिको विषयमा सत्तारूढ कांग्रेस र एमालेबीच विवाद भइरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन्।

    प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ५ बजे मन्त्रिपरिषद् बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए। प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच आज (मंगलबार) छलफल भएपछि मन्त्रिपरिषद बैठक बोलाइएको हो । सोमबार देउवा भेट्न बालुवाटार नआएपछि प्रधानमन्त्रीले मन्त्रिपरिषद बैठक स्थगित गरेका थिए।

    नेपाल राष्ट्र बैंकका गभर्नर नियुक्तिमा भइरहेको ढिलाइले सत्तारुढ कांग्रेस– एमालेका शीर्ष नेताहरूबीचमै अविश्वास गहिरिएको छ । गभर्नर नियुक्ति गर्ने भनिएको सोमबारको मन्त्रिपरिषद् बैठक नै प्रधानमन्त्री ओलीले स्थगित गरिदिएपछि कांग्रेस सभापति देउवा असन्तुष्ट भएका छन्। उनी प्रधानमन्त्रीले बोलाउँदा पनि सोमबार बालुवाटार गएनन । गभर्नर नियुक्तिको प्रक्रियामा चरम राजनीति गरेका दुई दलका शीर्ष नेताहरू दुई महिनादेखि यही विषयमा अल्झिएका छन्।

    ढिलो गरी चैत ११ मा गभर्नर सिफारिस समिति गठन भए पनि अहिलेसम्म एक पटक पनि बैठक बसेको छैन। बरु समिति नै दुई पटक पुनर्गठन भएको छ । पछिल्लो पटक एक साताअघि योजना आयोगका पूर्वउपाध्यक्षसमेत रहेका विश्व पौडेललाई गभर्नर बनाउन कांग्रेसले गरेको प्रस्तावअनुसार सोमबारसम्म सिफारिस समितिको बैठक बस्ने र मन्त्रिपरिषद्ले नियुक्त गर्ने कांग्रेसको विश्वास थियो । तर, साँझ ६ बजे बोलाइएको मन्त्रिपरिषद्को बैठकअघि गभर्नर नियुक्तिकै विषयमा छलफल गर्न भन्दै ओलीले देउवालाई बालुवाटार बोलाएका थिए।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार