शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

आयोगमाथि आयोग थप्ने काम मात्र भयो, मिटरब्याजी पीडितले न्याय पाएनन्ः सुमना श्रेष्ठ

आयोगमाथि आयोग थप्ने काम मात्र भयो, मिटरब्याजी पीडितले न्याय पाएनन्ः सुमना श्रेष्ठ

जेठ ६, २०८२ मंगलवार
जेठ ६, २०८२ मंगलवार
  • आयोगमाथि आयोग थप्ने काम मात्र भयो, मिटरब्याजी पीडितले न्याय पाएनन्ः सुमना श्रेष्ठ

    राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले मिटरब्याजी पीडितहरुको विषय आयोगमाथि आयोग थप्ने काम मात्र भएको बताएकी छन् ।

    मंगलबार प्रतिनिधि सभाको बैठकमा उनले यस अघिको आयोगलाई असहयोग गरियो, असफल बनाइयो, अहिले काम चलाउ प्रतिवेदन लेख्न अर्को आयोग गठन भइरहेको भन्दै यसरी आयोग मात्र थपेर पीडितले न्याय नपाउने बताइन् ।  उनले भनिन्, ‘मिटरब्याजीहरुको न्याय कहिले पाउछन् । तर पीडितलाई पीडित बनाइएको छ । कति समय अझ आन्दोलन गराइरहने ? आयोगमाथि आयोग थप्ने र पीडितको समस्या बेवास्था गर्ने राज्यको यो कस्तो नीति हो ?’

    यस्तै, उनले मिटरब्याजमा गृहमन्त्री, मन्त्री, सांसद र नेताहरुको कहि कतै भाग छ भनेर शंका उत्पन्न हुनेगरि काम नगरियोस् भन्दै मिटरब्याजी पीडितहरुलाई न्याय दिनुपर्ने माग गरेकी छन् ।

    उनले भनिन्, ‘सिंहदरबारमा पीडितलाई प्रवेश निषेध गरिएको छ । मिटरब्याजी पीडितहरुको समस्या यसरी समाधान हुँदैन् । आफ्नो पार्टीको साहु जोगाउन पीडित माथि राजनीति नगरौं । मिटरब्याजमा गृहमन्त्री, मन्त्री, सांसद र नेताहरुको कहि कतै भाग छ भनेर शंका उत्पन्न हुनेगरि काम नगरौं । मिटरब्याजी पीडितहरुलाई न्याय दिनुपर्यो ।’

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार