Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

ग्याँस सिलिण्डर साट्दा उपभोक्ता ठग्ने काम भयोः सांसद कोइराला

सत्तारुढ नेपाली कांग्रेसकी सांसद रमा कोइरालाले ग्याँस सिलिण्डर साट्दा उपभोक्ता ठग्ने काम भएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन्।

मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले एलपी ग्याँस सिलिण्डर साट्दा ठग्ने काम गरिएको भन्दै आपत्ति जनाएकी हुन् ।

उनले एलपी ग्याँसका धेरै प्रकारका सिलिण्डरहरू बजारमा रहेको र ग्याँस अभावको नाटक गरेर सिलिण्डर साट्न लगाइ ठग्ने काम गरिएको बताइन् ।

उनले सिलिण्डर साट्दा पाँच सयदेखि एक हजार रूपैयाँसम्म लिने गरेको भन्दै अनुगमन गर्न आग्रह गरिन् । सांसद कोइरालाले सरकारले तत्काल यस्ता कामको निगरानी गर्नुपर्ने बताएकी हुन् ।