शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

चेक अनादर मुद्दामा खुश्बु ओलीलाई सफाइ

चेक अनादर मुद्दामा खुश्बु ओलीलाई सफाइ

जेठ ५, २०८२ सोमवार
जेठ ५, २०८२ सोमवार
  • चेक अनादर मुद्दामा खुश्बु ओलीलाई सफाइ

    सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की नेत्री खुश्बु ओलीलाई चेक अनादर मुद्दामा दोषी ठहर गर्ने उच्च अदालत पाटनको फैसला खारेज गरेको छ ।

    यो फैसलासँग ओलीले चेक अनादरको आरोपबाट सफाइ पाएकी छन् । न्यायाधीशहरू डा. कुमार चुडाल र अब्दुल अजीज मुसलमानको इजलासले उच्च अदालत पाटनको फैसला खारेज गरेको हो ।

    राप्रपा नेता ओली चेक अनादरको आरोपमा ३ महिना कैद सजाय भएको थियो भने उनीविरुद्ध ३ हजार जरिवानाको फैसला भएको थियो । मुद्दा दायर गर्ने व्यक्तिले नै आफूले रकम पाएको भनी स्वीकार गरेपछि ओलीलाई दोषी ठहर गर्ने निर्णय खारेज भएको हो ।

    उनीविरुद्ध सप्तरीको राजविराज नगरपालिका–८ का गोपाल कटुवालले चेक अनादर मुद्दा दायर गरेका थिए। कटुवालले ओलीलाई ३६ लाख रुपैयाँ सापटी दिएको तर ओलीले २०७१ फागुन ६ गते सापटी फिर्ता माग्दा खातामा पर्याप्त रकम नभएको चेक दिएको आरोप लगाएका थिए ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट