शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

किन ओलीलाई भेट्न गएनन् देउवा?

किन ओलीलाई भेट्न गएनन् देउवा?

जेठ ५, २०८२ सोमवार
जेठ ५, २०८२ सोमवार
  • किन ओलीलाई भेट्न गएनन् देउवा?

    प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच आज (सोमबार) साँझ भेटवार्ता सम्भव भएन ।

    सत्ता साझेदार दलका दुई नेताबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ताको तयारी थियो । तर, ओली भेट्न देउवा गएनन् । दुई नेता भेटका निम्ति मन्त्रिपरिषद् बैठक स्थगन गरिएको थियो । तर, देउवा नआएको बालुवाटार स्रोतले जनाएको छ ।

    दुई नेताबीच नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका विषयमा छलफलको तयारी थियो । देउवा नजानुको कारण भने खुलाइएको छैन । अहिलेसम्म मन्त्रिपरिषद् बैठक बस्ने कुनै जानकारी प्राप्त नभएको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले बताएका छन् ।

    मन्त्रिपरिषद् बैठकको अनिश्चयसँगै गभर्नर नियुक्ति पनि अनिश्चित बनेको छ । नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जेठ १ गतेको पत्रकार सम्मेलनमा ४ दिनभित्रै गभर्नर नियुक्त गरिसक्ने दाबी गरेका थिए । गत चैत २५ गतेयता केन्द्रीय बैंक नेतृत्वविहीन छ । विभिन्न स्वार्थ समूहको दाउपेच र सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा एमालेको नेतृत्व तहमा कुरा नमिल्दा गभर्नर नियुक्ति प्रभावित हुँदै आएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार