Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

मन्त्रिपरिषद् बैठक स्थगित, प्रधानमन्त्री ओली र देउवाबीच भेटवार्ता हुँदै

प्रधानमन्त्री केपी शर्मा ओली र सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता हुने भएको छ ।

उनीहरूबीच केहीबेरमा भेटवार्ता तय भएको प्रधानमन्त्री निकट स्रोतले अनलाइनखबरलाई जानकारी दिएको छ । उनीहरूबीच विशेषगरी नेपाल राष्ट्र बैंकको गभर्नरको नाममा सहमति जुटाउनेगरी छलफल हुन लागेको बताइएको छ ।

यससँगै, नियमित रुपमा सोमबार बस्दै आएको मन्त्रिपरिषद् बैठक पनि आज नहुने भएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार, आज मन्त्रिपरिषद् बैठक स्थगित भएको हो ।