Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

सांसदहरू र डीएसपी सवार गाडी ठोक्कियो, के भयो क्षति ?

कोशी प्रदेशका चार सांसद सवार गाडी मोरङको कानेपोखरीमा सोमबार दुर्घटनामा परेको छ।

सांसदहरू चढेको अल्फाबेट बीएइ १४०६ नम्बरको गाडी र जिल्ला प्रहरी कार्यालय झापमा कार्यरत डीएसपी खगेन्द्र खड्का सवार बा ५ च ३५३० गाडी आपसमा ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटना भएको गाडीमा सांसदहरू नम्बरलाल धिमाल, राधाकृष्ण खनाल, मैयाँ श्रेष्ठ र विद्या चाम्लिङ थिए । गाडीमा सामान्य क्षति पुगेको तर, कसैलाई चोट नलागेको प्रहरीले बताएको छ ।

इलाका प्रहरी कार्यालय पथरीका अनुसार, गाडीमा सवार सांसदहरू सबैको अवस्था सामान्य रहेको छ। सांसद मैयाँ श्रेष्ठले भनिन्, ‘मेरै गाडीमा आउँदै थियौं, तीव्र गतिमा आएको गाडीले एक्कासी ठक्कर दियो । हामी सकुशल छौं ।’

सांसदहरू कोशी प्रदेशसभाको बैठकमा सहभागी हुन विराटनगर आउँदै थिए । प्रहरीले दुर्घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ ।