Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

रवि लामिछानेको मुद्दा आज पनि ‘हेर्न नमिल्ने’ मा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट आज पनि सर्वोच्च अदालतमा ‘हेर्न नमिल्ने’ मा परेको छ। यसअघि पाँच पटक लगातार हेर्न नमिल्नेमा परेपछि आज हेर्न मिल्ने प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डेको संयुक्त इजलासमा तोकिएको थियो ।

तर अदालत स्रोतका अनुसार रवि लामिछानेको पक्षबाट बहस गर्ने वकिल नातेदार परेपछि न्यायाधीशले सुनवाइ नगर्ने निर्णय लिएका हुन् ।

प्रधानन्यायाधीश राउतको नजिकको आफन्त पर्ने वकिल लामिछानेको तर्फबाट र न्यायाधीश पाण्डेयका नजिकका आफन्त पर्ने वकिलको नाम पूर्व डीआईजी छविलाल जोशीको तर्फबाट यस मुद्दाको वकालतनामामा रहेकाले मुद्दा हेर्न नमिल्ने भएको हो ।

आइतबार न्यायाधीशद्वय मनोजकुमार शर्मा र सुनीलकुमार पोखरेलको इजलासले हेर्न मिल्ने इजलासमा पेसी तोक्न सर्वोच्च प्रशासनका नाममा आदेश गरेको थियो । आजसहित लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट लगातार छैठौं पटक हेर्न नमिल्नेमा परेको हो । लामिछानेकोतर्फबाट एक महिनाअघि रिट दायर भएको थियो ।