Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

राप्ती हाइड्रोको हकप्रद सुनिश्चित गर्ने आज अन्तिम दिन

राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको हकप्रद सुनिश्चित गर्ने आज (जेठ ५ गते) अन्तिम दिन रहेको छ ।

कम्पनीले हकप्रद निष्कासनका लागि भोलि ६ गते बुक क्लोज गर्दैछ । आजसम्म कायम रहने शेयरधनीले मात्रै हकप्रदमा आवेदन दिन पाउनेछन् ।

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई प्रतिकित्ता १०० रुपियाँका दरले १ः१ अनुपातमा ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद शेयर बिक्री गर्न अनुमति दिएको थियो । सोहीबमोजिम कम्पनीले हकप्रद निष्कासन गर्दैछ ।

हाल कम्पनीको चुक्ता पुँजी ६१ करोड २७ लाख रुपियाँ छ । हकप्रदपश्चात् १ अर्ब २२ करोड ५५ लाख ८७ हजार रुपियाँ पुग्नेछ ।