शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

रवि लामिछानेको रिट प्रधानन्यायाधीश राउतसहितको इजलासमा

रवि लामिछानेको रिट प्रधानन्यायाधीश राउतसहितको इजलासमा

जेठ ५, २०८२ सोमवार
जेठ ५, २०८२ सोमवार
  • रवि लामिछानेको रिट प्रधानन्यायाधीश राउतसहितको इजलासमा

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डेको इजलासमा परेको छ। यसअघि पाँच पटकसम्म हेर्न नमिल्नेमा परेपछि सोमबार हेर्न मिल्ने न्यायाधीशहरुबीच मात्र गोलाप्रथा गरेर इजलास तोकिएको हो।

    आफलाई गैरकानुनी रुपमा पक्राउ गरिएको दाबूीसहित उनले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका हुन् । थुनामा राख्ने उच्च अदालत, तुलसीपुरको बुटवल इजलासको आदेशविरुद्ध दायर गरेको निवेदनमा पनि सँगै सुनुवाई अघि बढेको छ । अब भने उनको निवेदनमा सुनुवाइ हुने देखिएको छ । नत्र यसअघि पाँच पटक पेसी तोकिए पनि न्यायाधीशहरूले हेर्न नमिल्ने भनी सुनुवाइ गरिरहेका थिएनन् ।

    सुप्रिम सहकारी ठगी मुद्दामा जिल्ला अदालत रुपन्देहीले एक करोड धरौटीमा रिहा गरे पनि उच्च अदालत बुटवलले थुनामै राख्न आदेश दिएपछि रवि चैत २२ गते पुनः पक्राउ परेका हुन् । तर आफूलाई गैरकानुनी रूपमा पक्राउ गरेर ३ दिनपछि मात्रै कारागार चलान गरिएको भन्दै रिहा गरिनुपर्ने माग गरी लामिछानेका तर्फबाट सर्वोच्चमा रिट निवेदन दर्ता गरिएको हो। उनले थुनामा पठाउने उच्च अदालतको आदेश पनि पनि बदर गर्न माग गर्दै उनले सर्वोच्चमा निवेदन दिइसकेका छन् । हाल रवि रुपन्देही जिल्ला कारागारमा थुनिएका छन्।

    रविसँगै सोही मुद्दाका अर्का प्रतिवादी पूर्व डीआईजी छविलाल जोशी पनि रुपन्देही कारागारमै छन्। एउटै मुद्दामा रुपन्देही जिल्ला अदालतले छविलाई थुनामा पठाएको तर रविलाई एक करोड धरौटीमा रिहा गरेको भन्दै सरकारी वकिलको कार्यालयले उच्च अदालतमा पुनरावेदन गरेका थिए । जसमा उच्च अदालत तुलसीपुर बुटवल इजलासले गत चैत २२ गते रविलाई पनि थुनामै राख्न आदेश दिएपछि उनी पुनः पक्राउ परेका थिए।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट