Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

उपप्रधानमन्त्री सिंह र भाजपा नेताबीच चाक्सीबारीमा भेटवार्ता, के-के भयो कुराकानी?

नेपाली कांग्रेसका नेता तथा उपप्रधानमन्त्री प्रकाशमान सिंह र भारतीय जनता पार्टी (भाजपा) का नेता विजय जोलीबीच भेटवार्ता भएको छ ।

आज आइतबार उपप्रधानमन्त्री सिंहलाई भेट्न भाजपा नेता जोली सिंहनिवास चाक्सीबारी पुगेका थिए ।

भेटमा नेपाल–भारत सम्बन्ध थप सुदृढ गर्ने र द्विपक्षीय हितका विषयमा सकारात्मक छलफल भएको उपप्रधानमन्त्री सिंहको सचिवालयले जनाएको छ ।