नेपाली कांग्रेसका नेता तथा उपप्रधानमन्त्री प्रकाशमान सिंह र भारतीय जनता पार्टी (भाजपा) का नेता विजय जोलीबीच भेटवार्ता भएको छ ।
आज आइतबार उपप्रधानमन्त्री सिंहलाई भेट्न भाजपा नेता जोली सिंहनिवास चाक्सीबारी पुगेका थिए ।
भेटमा नेपाल–भारत सम्बन्ध थप सुदृढ गर्ने र द्विपक्षीय हितका विषयमा सकारात्मक छलफल भएको उपप्रधानमन्त्री सिंहको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्