शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

नेपाली कांग्रेसको भ्रातृ सङ्गठन तरुण दलमा खुकुरी हानाहान

नेपाली कांग्रेसको भ्रातृ सङ्गठन तरुण दलमा खुकुरी हानाहान

जेठ ४, २०८२ आइतवार
जेठ ४, २०८२ आइतवार
  • नेपाली कांग्रेसको भ्रातृ सङ्गठन तरुण दलमा खुकुरी हानाहान

    नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल तरुण दल लमजुङको जिल्ला अधिवेशनमा दुई गुटबीच खुकुरी हानाहानको विषय अहिले चर्चामा रहेको छ । शनिबार भएको खुकुरी प्रहारबाट चारजना घाइते भएका छन् ।

    लमजुङ बेँसीसहर नगरपालिका–८ स्थित प्रगतिटोल आमा समूह भवनमा आयोजित कार्यक्रममा शनिबार तरुण दलको पाँचौँ जिल्ला अधिवेशनको उद्घाटनसत्रमा खुकुरी प्रहार भएको हो ।

    घाइते हुनेमा बेँसीसहर नगरपालिका–९ का वडाध्यक्षसमेत रहेका तरुण दलका क्षेत्रीय सभापति खुसीजङ्ग गुरुङ, नेपाली कांग्रेस लमजुङका जिल्ला कार्यसमिति सदस्य किशोरजङ्ग बस्नेत, नेपाल विद्यार्थी सङ्घका केन्द्रीय सदस्य सुदीप अधिकारी र नेपाल तरुण दलका सदस्य धन घले रहेका छन् ।

    घाइतेमध्ये खुसीजङ्ग र सुदीपलाई सियमी चितवन मेडिकल कलेज भरतपुर लगिएको छ । प्रतिनिधि छनोट विवादका कारण झगडा हुँदा उनीहरुमाथि खुकुरी प्रहार भएको हो । दुई समूहबीच झडप हुँदा उनीहरु घाइते भएको प्रहरीले जनाएको छ । पूर्णकालीन सदस्यता, प्रतिनिधि छनोट गर्नेलगायत विषयमा उनीहरुबीच विवाद भएको बताइएको छ ।

    पार्टी जिल्ला सभापतिसमेत रहेका गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री टकराज गुरुङ र पार्टी पूर्वसभापति एवं प्रदेशका वन तथा वातावरणमन्त्री भेषबहादुर पौडेल पक्षका युवाबीच खुकुरी हानाहान भएको बताइएको छ । घटनापछि जिल्ला अधिवेसन जेठ १० गतेसम्म स्थगित गरिएको छ ।  

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार