शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

अछाम पुगेर प्रचण्डले भीम रावललाई आग्रह गर्दै भने- समय खेर नफाल्नुस्, माओवादीमा आउनुस्

अछाम पुगेर प्रचण्डले भीम रावललाई आग्रह गर्दै भने- समय खेर नफाल्नुस्, माओवादीमा आउनुस्

जेठ ३, २०८२ शनिवार
जेठ ३, २०८२ शनिवार
  • अछाम पुगेर प्रचण्डले भीम रावललाई आग्रह गर्दै भने- समय खेर नफाल्नुस्, माओवादीमा आउनुस्

    प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमालेबाट निष्काशित नेता भीम रावललाई माओवादीसँग सहकार्यमा आउन आग्रह गरेका छन्। आज (शनिबार) रावलको गृह जिल्ला अछाम पुगेर प्रचण्डले यस्तो आग्रह गरेका हुन्।

    WhatsApp Image 2025-05-17 at 16.02.34_7e471b62.jpg

    ‘कार्यक्रममा आउँदै गर्दा बाटोमै भीम रावलको सम्पर्क कार्यालय देखें,’ प्रचण्डले भने, ‘उहाँसँग हिजो मात्र फोनमा कुरा भएको थियो। उहाँले कार्यक्रम सफलताको शुभकामना दिनुभयो।’ आफूले रावललाई ‘किन भौंतारिई रहनु भएको छ ?’ भनेर प्रश्न गरेको पनि प्रचण्डले सुनाए।

    उनले भने, ‘मैले तपाई किन अरू ठाउँ भौंतारिई रहनु भएको छ । आउनुस् हामी बसेर कुरा गरौँ, सहकार्य गरौं भने।’ जोसँग कुरा गर्नुपर्ने हो त्योसँग कुरा नगरेर समय खेर फालेको पनि बताएको अध्यक्ष प्रचण्डले बताएका छन्। ‘जोसँग कुरा गर्नुपर्ने त्योसँग नगरेर को–कोसँग कुरा गरे समय खेर फाल्दै हुनुहुन्छ भनेको छु,’ उनले भने।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट