Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बुकुरो पार्टी बनाएर साना–साना कसौंडीमा दाल खाने परपम्परा तोड्नुपर्छः झलनाथ खनाल

नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले सर्वहारा श्रमिक वर्गको एउटै पार्टी नबनाएसम्म देशमा क्रान्ति सम्भव नहुने बताएका छन् ।

आज (शनिबार) पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित मदन–आश्रित स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले अन्तरविरोधलाई चिरेर सही ढंगले निक्र्योल गर्न जरुरी रहेको बताए । कुनै पनि देशमा सर्वहारा श्रमिक वर्गको एउटै पार्टी नबनेसम्म क्रान्ति गर्न सम्भव नरहेको उनको भनाइ छ ।

आजका अवस्थामा आफूहरूको निशाना को हो ? कसका विरुद्ध समाजवादी क्रान्ति गर्छौं नेपालमा ? भन्ने स्पष्ट पारेर समाजवादी क्रान्तिलाई सम्पन्न गर्नुपर्ने बताए। त्यसका लागि कम्युनिष्ट पार्टीलाई अझ बढी सही वैचारिक राजनीतिक कार्यदिशा, नीति र सिद्धान्तको आधारमा एकताबद्ध बनाउनुपर्ने आवश्यकता रहेको बताए । स–साना राजनीतिक दलहरू खोलेर स–सानो कसौँडीमा दाल पकाएर खाने खालको अवस्था बनेको भन्दै यसलाई तोड्नु पर्ने बताए ।

पूर्व प्रधानमन्त्री खनालले भने, ‘आजको प्रधान अन्तरविरोध के हो ? त्यो कुरालाई सही ढंगले निक्र्योल गर्दै आजका अवस्थाको को हो हाम्रो निशाना ? कसका विरुद्ध हामी लड्दै हामी समाजवादी क्रान्ति गर्छौं ? यो स्पष्ट पार्दै हामीले समाजवादी क्रान्तिलाई सम्पन्न गर्नुपर्नेछ ।’ पूर्व प्रधानमन्त्री खनालले मदन भण्डारीका योगदानको समीक्षा गर्न आँट गर्नुपर्ने बताएका छन् ।