शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

विचार मिल्नेहरुसँग सम्भव भए पार्टी एकता गर्नुपर्छः माधव नेपाल

विचार मिल्नेहरुसँग सम्भव भए पार्टी एकता गर्नुपर्छः माधव नेपाल

जेठ ३, २०८२ शनिवार
जेठ ३, २०८२ शनिवार
  • विचार मिल्नेहरुसँग सम्भव भए पार्टी एकता गर्नुपर्छः माधव नेपाल

    नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्न जरुरी रहेको बताएका छन् ।

    आज (शनिबार) पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा आयोजित मदन—आश्रित स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सिंगो कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्ने काममा आफूहरु लागिरहेको पनि बताएका छन्।

    ‘०३२ सालदेखि लाग्दै आयौं । धेरै समूहलाई, सानासाना टुक्रामा छरिएका एकतावद्ध बनाउँदै पनि गयौं । कोही एकतावद्ध भए, कोही भएनन्। कोही एकतावद्ध भएर पनि बीचैमा छोडेर पनि गए । त्यस्तो भइरहन्छ । यसमा आत्तिने काम कहिल्यै पनि गर्न हुँदैन,’ उनले भने ।

    अध्यक्ष नेपालले सबैभन्दा पहिले आफ्नो विचार र अडानमा आत्मविश्वास राख्नुपर्ने बताएका छन्। ‘त्यसको आधारमा आफ्नो शक्तिलाई बलियो बनाउने काममा जुट्नु पर्छ । अनि विचार, दृष्टिकोण र घराना मिल्नेहरुसँग हातेमालो गर्नुपर्छ । मोर्चा पनि बनाउनु पर्छ । सहकार्य गर्नुपर्छ । सम्भव हुन्छ भने पार्टी एकता पनि गरेर जानुपर्छ,’ उनले भने ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट