Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

नेकपा एसका केन्द्रीय सदस्य बुढाथोकीको निधन

झापाको दमक नगरपालिकाका पूर्व नगर प्रमुख इन्द्रबहादुर बुढाथोकीको निधन भएको छ।

दमक–५ निवासी ७२ वर्षीय बुढाथोकीको आज बिहान ९ः५५ बजे आफ्नै घरमा निधन भएको हो। उनी केही समयदेखि मुटु र मिर्गौला रोगबाट पीडित थिए। विसं २०४९ मा भएको स्थानीय निर्वाचनमा उनी नेकपा (एमाले) बाट नगर प्रमुखमा निर्वाचित भएका थिए।

पछिल्लो समय एमाले छाडेर उनी माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी सदस्य थिए। उनको आज नै अन्त्येष्टि गरिने बताइएको छ ।

पूर्व नगर प्रमुख बुढाथोकीको निधनप्रति दमक नगर उपप्रमुख रेगना भट्टराई प्रसाईंले समवेदना व्यक्त गरेकी छन् । उनले बुढाथोकीले नगर विकास, सामाजिक सेवा र नेतृत्वमार्फत दमकको समृद्धिमा पुर्‍याएको योगदान सधैं स्मरणीय रहने बताएकी छन् ।