शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

कांग्रेसको बहुमत नभएकाले मिलेर सरकार बनाउनुको विकल्प छैनः देउवा

कांग्रेसको बहुमत नभएकाले मिलेर सरकार बनाउनुको विकल्प छैनः देउवा

जेठ ३, २०८२ शनिवार
जेठ ३, २०८२ शनिवार
  • कांग्रेसको बहुमत नभएकाले मिलेर सरकार बनाउनुको विकल्प छैनः देउवा

    सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारका केही कमी कमजोरी भए सुधार गर्दै अघि बढ्ने बताएका छन्। प्रजातान्त्रिक विचार समाजले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा देउवाले कांग्रेस ठूलो पार्टी भए पनि बहुमत नभएकाले मिलेर सरकार बनाउनु पर्ने बाध्यता रहेको दोहोर्‍याएका छन्।

    अहिलेको कांग्रेस–एमालेको संयुक्त सरकारका केही कमजोरी भए सुधार गर्दै अघि बढ्ने उनको भनाइ छ । उनले अहिलेको प्रणालीमा कुनै पनि दलको बहुमत आउन कठिन हुने भएकाले मिलेर सरकार बनाउनु पर्ने बताए । उनले मिलेरै चुनाव लड्नुपर्ने बाध्यता रहेको प्रष्ट पारे ।

    सभापति देउवाले देशमा समावेशी संविधान रहेकाले सवैको प्रतिनिधित्व सदनमा रहेको बताए । २०४८ सालमा कांग्रेसको नेतृत्वको सरकार बनेपछि देशमा धेरै विकासका काम भएको उल्लेख गर्दै अहिले पनि मुलुक विकासको बाटोमा अघि बढिरहेको बताए ।

    सभापति देउवाले २०५२ सालमा आफू प्रधानमन्त्री हुँदा सांसदहरूलाई सुविधाका लागि सवैको सहमतिले गाडी खरिदमा भन्सार छुट दिने योजना ल्याएको स्मरण गर्दै त्यसलाई विरोध गर्नेले पजेरो काण्ड भन्ने गरेको जिकिर गरे । त्यसबेला भन्सार छुट दिने योजनाको विरोध गर्नेले नै सबैभन्दा पहिले छुटमा गाडी किनेको उनले बताए ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार